१० बाेरा गाँजा सहित भगवान पक्राउ परेपछि

१० बाेरा गाँजा सहित भगवान पक्राउ परेपछि

रंगेली,  मोरङकाे जहदा गाउँपालिका वडा नम्वर ३ स्थित हाथिबन्दाबाट लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन्।

प्रहरीकाे गाेप्य सूचनाको आधारमा मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा जम्मा २१८ केजी १ सय ७५ ग्राम गाँजा बरामद गरेकाे हाे । १० बोरा गाँजा प्रहरीले बरामद गरेपछि स्थानीय भगवान किस्कुलाई नियन्त्रणमा लिएकाे हाे । गाँजा भण्डारण गर्ने कार्यमा संलग्न मध्येका साेहि स्थान बस्ने भैया किस्कुको छोरा बर्ष २४ को भगवान किस्कुलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान कार्य भै रहेको माेरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर