सुनका गहना चाेरी गर्ने युवक पक्राउ

सुनका गहना चाेरी गर्ने युवक पक्राउ

पथरी शनिश्चरे नगरपालिका ९ मोरङबाट सुनका गहना चोरी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् ।

घरमा कोही नभएको अवस्थामा पथरी शनिश्चरे ९ की पबित्रा बस्नेतको घरबाट सुनका गहना चोरी गरेको आरोपमा वर्ष २० का सचिन श्रेष्ठ पक्राउ परेका हुन् ।

बस्नेतको घरबाट हराएको सुनका गहनाहरु लकेट, झुम्का, टप, तिलहरी, सिक्री र औंठी सहित पक्राउ परेका श्रेष्ठबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

हिजो बैसाख १५ गते पक्राउ परेका सचिन श्रेष्ठलाई म्याद थप गरि आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर