जेठ १२ देखि ‘प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप’ हुने

जेठ १२ देखि ‘प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप’ हुने

पथरी, ‘प्रथम अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप’ जेठ १२ गतेदेखि हुने भएको छ । मोरङको पथरीशनिश्चरे १ स्थित प्रस्तावित पथरी रंगशालामा हुने गोल्डकप जेठ २१ गतेसम्म सञ्चालन हुने आयोजक संस्था पथरी ११ फुटबल क्लवले जनाएको छ ।

प्रतियोगितामा चर्ज ब्वाईज क्लव काठमाडौं, शस्त्र प्रहरी बल, नेपाल पुलीस र त्रिभुवन आर्मी गरी ३ विभागिय टिम र भारतको एउटा टिम सहित मोफसलमा रहेका चर्चित टिमहरु गरी १० टिमले प्रतियोगितामा समभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले ४ लाख र दोस्रो टिमले २ लाख नगद, ट्रफी र प्रमाण पत्रका साथै ८० हजार रुपैया बराबरको प्रथम ट्रफी र ६० हजार रुपैया बराबरको दोस्रो ट्रफी हात पार्ने प्रतियोगिताका संयोजक सुमन विश्वकर्माले बताए ।

गोल्डकप सम्पन्न गर्न करिव ४० लाख ८५ हजार रुपैँया लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताको खेल अवधिभर करिव ५० हजार दर्शकले खेल अवलोकन गर्ने अनुमान रहेको आयोजक समितका सचिव मणि लुङ्फुवा लिम्वुले बताए ।

पथरीमा धेरै समय पछि हुन लागेको यो ठुलो फुटबल प्रतियोगिता हो । यसअघि पथरीमा स्थानियतह गठन हुनुपूर्व दुई वटा गोल्डकप र स्थानियतह गठन भईसकेपछि दुई वटा पालिका स्तरिय फुटबल प्रिमियर लिग आयोजना भएका थिए। यसका अलावा ठुला फुटबल खेल हुन सकेका छैनन् ।

सम्बन्धित खवर