लहान एक्स्पो महोत्सव बारे व्यापक जनगुनासो, रोकिएन विकृति

लहान एक्स्पो महोत्सव बारे व्यापक जनगुनासो, रोकिएन विकृति

सिरहा, सिरहाको लहानमा संचालित लहान एक्स्पो महोत्सव बारे व्यापक जनगुनासो आउन थालेका छन् ।

समृद्धिको आधार, कृषि, पर्यटन उधोग र व्यापार ूभन्ने मूल नाराका साथ जिल्ला उधोग वाणिज्य संघ लहान सिरहाले आयोजना गरेको लहान एक्स्पो महोत्सवमा नारा एकतिर मेला व्यवस्थापन अर्कातिर भएको छ । स्थानीय उत्पादन, कृषि जन्य घरेलु उत्पादन, साना व्यवसायीलाई स्थान दिने नारा लागाएका एक्सपो सञ्चालकले ठुला घरानाका उत्पादनलाई मात्रै समेटेको जनगुनासो व्यापक छ । मेलामा लगाइने रमाइला खेल तमासामा समेत चर्को शुल्क असुलेर आयोजकले स्थानीय काम आयश्रोत भएकालाई पाखा लगाएको छ ।

मेलामा जुवाजन्य खेल र अश्लिल नृत्य गराउने बाहेक अरु नारामा मात्रै सिमित भएको गुनासो छ । मेला उद्घाटन गर्दा उवासंघ लहानका अध्यक्ष विकास शारडाले चिल्ला कुरा गरेपनि मेलाको व्यवस्थापन भद्रगोल छ । भएका स्टलबाट व्यावसायिले छाडेर हिड्न थालेका छन् भने अहिले रहेका स्टलमा समेत व्यवपार नभएको व्यावसायिहरूको गुनासो छ ।

महोत्सवको नाममा लहान नगरपालिकाले ४५ लाख रकम उपलब्ध गराइएको आयोजकले जानकारी गराइएको छ । नगरवासीको करबाट उठेको रकम नगरवासीकै हितमा खर्च गर्नुपर्ने हो तर मेलामा लगानी गरेर अश्लिल नृत्य हेर्न नगरपालिका पनि मस्त छ ।

 

सम्बन्धित खवर