एमाले नेता महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जबरजस्ती करणीको जाहेरी

एमाले नेता महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जबरजस्ती करणीको जाहेरी
काठमाडौं, एमाले नेता महेश बस्नेत विरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् ।
हुलाक मार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले बतायो । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ ।
जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर