बेलबारी, मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी १ भेडा टोलमा बम बहादुर लिम्बुले श्रीमती गीता लिम्बुको हत्या गरेका हुन् । श्रीमतीको हत्या पनि छोरालाई पनि सोही दाउले हान्न खोज्दा छोराले भोर ज्यान जोगाएका छन् । श्रीमतीको हत्या गरेर हाफु पनि सोही दाउले घाटी रेटेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
मंगलबार राति १ बजे लिम्बुले सो घटना घटाएका थिए । करिब २ बजे नै प्रहरी घटना स्थलमा पुगेको थियो । गम्भीर घाइते अवस्थामा रहेका बम बहादुरलाई उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएकोमा अस्पतालले पुग्नासाथ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । पहिले देखि नै घर झगडा भइरहने र सोही झगडाका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।