शिक्षा शाखा अधिकृतको यौन प्रश्ताव समाजिक सञ्जालमा छताछुल्ल

शिक्षा शाखा अधिकृतको यौन प्रश्ताव समाजिक सञ्जालमा छताछुल्ल

मोरङ, मोरङको कानेपोखरी गाउँपालिकाका शिशा शाखा अधिकृत वेग बहादुर काफ्लेको यौन प्रश्ताव यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

वेग बहादुरले यौनको वेग थाम्न नसकेपछि मुख देखाउन नसकेर डिउटी नै आउन बन्द गरेका छन् । कानेपोखरीकी एक प्राथमिक तहकी शिक्षक कुनै बाहिरी जिल्लामा कार्यरत छिन् । उनले स्थायी नियुक्ती लिएको ३ वर्ष भयो । घर पायक आउनका लागि प्रकृया मिलाइदिनु भन्दा काफ्लेले आफ्नो यौन प्यास मेट्नुपर्ने प्रश्ताव राखेछन् । यो प्रश्ताव स्वीकार गर्न नसक्ने बरु आर्थिक रुपमा के कति खर्च लाग्छ व्यहोछु भन्दा उल्टै आर्थिक पाटो र यौन इच्छाको पाटो अलग्गै भएको काफ्लेले प्रतिकृया दिए । पटक पटक प्रश्ताव अस्वीकार गर्दा पनि काफ्लेले छाडेन्न परिणामतः अहिले कानेपोखरी आसपासका अधिकांशका म्यासेन्जरमा काफ्लेको यौनको वेग सहितको स्कृनसटहरू छन् ।

काफ्लेले यौन प्रस्ताव राख्दै म्यासेज डिलिट गर्न थालेपछि ति शिक्षकले स्कृनसट गरेर राखेकी छिन् । केहि गर्दा पनि यौन प्यास मेट्न नपाउने देखेपछि भोलिपल्ट काफ्लेले आफ्नो म्यासेन्जर नै कसैले ह्याक गरेर चलाएको नाटक रचे र ति शिक्षकलाई ब्लक गरे । यो विषय बाहिर आएपछि शुक्रबार देखि नै काफ्ले कार्यालयमा अनुपस्थित छन् । यो विषयमा अघिकृत काफ्लेले आफुले कसैसँग गफ नगरेको बताएका छन् । पुराना दुश्मन र कसैले आफुलाई फसाउन खोजेको काफ्लेले बताएका छन् । न्युजकारखाना

सम्बन्धित खवर