विधुत प्राधिकरणको लापर्वाही, सतार बस्तीका २५ घर सखाप

विधुत प्राधिकरणको लापर्वाही, सतार बस्तीका २५ घर सखाप

रबिन्द्र बराल, रंगेली

विधुत प्राधिकरणको लापर्वाहीका कारण रंगेलीमा भिषण आगलागी भएको छ । आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन् ।

माेरङकाे रंगेली ३ मा रहेकाे सतार बस्तिमा शनिवार दिउँसो २ बजे सुरुभएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरी लगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो । यो समयमा २५ घरका कसैले पनि आफ्नो शरिरमा भएको कपडा बाहेक केहि जोगाउन सकेन्न । पिडित गाँउले अहिले गाइ फाराममा रात काटिरहेका छन् ।

प्रहरीका अनुसार जंगली मुर्मुको ग्वालीबाट सुरुभएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो । फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ । पश्चिम तर्फको तिब्र हावाका कारण पनि आगो बस्तीमा सल्किन समय लागेन ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन् । सुन चाँदी, नगद, लत्तकपडासहित सबै धनमाल जलेर नष्ट भएको कार्कीले बताए । पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन् । घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएको एसपी कार्कीले जानकारी दिए । मुर्मूको रंगेली अस्पतालमा उपचार भइरहेको छ । आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवार बिचल्ली भएका छन् ।

यसरी सल्किएको थियो आगो

प्रहरीका अनुसार जंगली मुर्मुको ग्वालीबाट आगो सल्किएको जनाएको छ । जंगलीको ग्वाली माथी नेपाल विधुत प्राधिकरणको तार लत्रिएको थियो । सो तारमा हप्तादिन अघि विधुत सर्ट भएर आगो लागेको थियो तर स्थानीयले तत्कालै थाहा पाए र आगो नियन्त्रमा लिएका थिए । सो आगलागी पछि प्राधिकरणलाई स्थानीयले तार व्यवस्थित गर्न जानकारी गराए तर प्राधिकरण कानमा तेल हालेर बस्यो । अलि जान्ने बुझ्नेले भन्दा त नसुन्ने प्राधिकरण बिचरा सतार बस्तीको पिडा किन सुन्थ्यो । प्राधिकरणको लापर्वाहीले सिंगो सतार बस्ती सखाप भएको पूर्व जनप्रतिनिधि तथा स्थानीय घनश्याम पनेररुले बताए । प्राधिकरणले समयमा कुरा नसुन्दा याे दर्दनाक पिडा भाेग्नपरेकाे पिडितहरु बताउछन् ।

तत्काललाई राहत

आगलागीबाट पिडित भएकाहरू नजिकैको गाइ फाराम बसिरहेका छन् । तत्काल पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ । आगलागी पछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ । तत्कालका लागि १ परिवारलाई २/२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ काटुन पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ ।

‘आगोले ठूलो क्षति गरेको छ । रङ्गेली नगरपालिकाकी उपमेयर भूमा पराजुली विभिन्न वडाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले राहत वितरण गरेका छन् ।

सम्बन्धित खवर