मिनिल्याण्डको १९ औँ वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी

मिनिल्याण्डको १९ औँ वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली ७ मा रहेको मिनिल्याण्ड इङ्लिस स्कुलको १९ औँ वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरेको छ ।

विद्यार्थीको चौतर्फी विकासका विज्ञान प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरेको छ । विद्यार्थीले आफ्नो इच्छा अनुसार विभिन्न संस्कृति झल्किने, भवन तथा विकासका कामहरु तथा रंगेलीका विभिन्न स्थाहरु झल्किने चित्रहरु तयार गरेर प्रदर्शनीमा राखेका थिए ।

सो अवसरमा रंगेली नगरप्रमुख दिलिप बगडीयाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा उपमेयर भूमा पराजुली, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई, वडाध्यक्ष रामचन्द्र मण्डल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर