मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

बिराटनगर, होस्टलमा बस्ने विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको बिराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछार पछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।

भिडियो हेर्नुस्

https://www.facebook.com/100028331627989/videos/920445596249724/

रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रञ्जन कुमार दाहाले जानकारी दिए ।

जाहेरी दर्ता भएपछि मुद्धाको प्रकृति अनुसार कार्वाही अगाडी बढाउने तयारीमा रहेको दाहालले बताएका छन् । बिराटनगरमा पुरानो राजनैतिक बिरासत रहेको रेग्मी परिवारले नर्सिङ कलेजकै नजिकका मानिसंगको लाभांश साझेदारीमा होस्टल चलाउने गरेको आशंका छ ।
यस घटनामा विभिन्न विद्यार्र्थी संगठनले चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कार्वाहीको माग गरेर विज्ञप्ती निकालेको छ । देश व्यापी रुपमा पिडकलाई कडा कार्वाहीका लागि दवाव बढिरहेको छ ।

सम्बन्धित खवर