पाँचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता, फाइनल प्रवेशका लागि ५ र ६ भिड्दै

पाँचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता, फाइनल प्रवेशका लागि ५ र ६ भिड्दै

मोरङ, मोरङको उर्लाबारीमा जारी पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा उर्लाबारी वडा न ५ र ६ भिड्दैछन् ।

उर्लाबारी वडा नम्बर ६ ले आफ्नो पहिलो खेलमा वडा नम्बर २ लाई १-० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने वडा नम्बर ५ ले वडा नम्बर ४ लाई २-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।

उर्लाबारी ६ स्थित राधिका माध्यामिक विद्यालयको खेल मैदानमा भइरहेको पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल भोलि चैत १ गते वडा नम्बर ३ र ९ बीच हुनेछ । उर्लाबारी नगरपालिकाको मख्य प्रायोजन र उर्लाबारी फूटबल क्लबको आयोजना भएको मेयर कप फुटबलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

सम्बन्धित खवर