मेरिल्याण्ड कलेजका बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

मेरिल्याण्ड कलेजका बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

रबिन्द्र बराल, रंगेली

रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ । र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन् ।

बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो । दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो ।

बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्य बहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

सम्बन्धित खवर