स्रोत नखुलेको १० लाख रूपैयासहित हेटौंडाका २ पक्राउ

स्रोत नखुलेको १० लाख रूपैयासहित हेटौंडाका २ पक्राउ

रौतहट, नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौंडाका दुईजना रौतहटमा पक्राउ परेका छन्।

स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवैजनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति संका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा  उक्त नगद सहित दुवैजना लाई पक्राउ गरिएको हो।

कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १००० दरको नाट थान ८५० र ५०० दरको ३०० थान जम्मा जम्मा १० लाख रुपैयाँ सहित दुवैजना लाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

उनीहरूलाई बरामद नगद र कार सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डिएसपी गिरीले जानकारी दिएकि छन्।

पछिल्लो समय रौतहट, बारा सहित मधेश प्रदेशको जिल्लाहरुमा प्रहरीले धमाधम स्रोत नखुलेको रुपैया सहित मानिसलाई पक्राउ गरिरहेको छ। हिन्दूहरूको होलिपर्व नजिकिए संगै मधेश प्रदेशको जिल्लाहरुमा हुण्डी अर्थात अबैध रकमको कारोवार बढेको देखिएको छ। न्युजकारखाना

 

सम्बन्धित खवर