१५ वर्षीय बालिकाकाे बीभत्स हत्या

१५ वर्षीय बालिकाकाे बीभत्स हत्या

पथरी, मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नं ७ लामाटोल स्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेका छन्।

खोटाङ जिल्ला अेैसेलुखर्क गाउँपालिका वडा नं ६ स्थायी घर भएको ज्ञानुमती राई नाम गरेकी १५ वर्षीय बालिका दुई वर्ष अगाडी देखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत मा.वि. मा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको विभत्स तरिकाले टाउको र शरीर छुटिने गरी हत्या गरेर हत्यारा फरार रहेको छ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठउपरीक्षक नवराज कार्की पनि आइपुगेका छन्। घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिले सम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको छ। रातिको समयमा राम्रो संगले देख्न नसकिने भएको भोली बिहान देखी विशेष तालिम प्राप्त प्रहरी खटाएर घट्नाको गहिराइमा पुग्ने र बालिकाको शव भोली बिहान मुचुल्का तयार पारेर उठाउँने अहिले घटनास्थललाई चारै तिर बाट प्रहरीले सुरक्षा दिइरहेको प्रहरी प्रमुख वरिष्ठउपरीक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित खवर