धनपालथानका डीएसपी झुन्डिएको अवस्थामा फेला

धनपालथानका डीएसपी झुन्डिएको अवस्थामा फेला

रबिन्द्र बराल, रंगेली
प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बस्यालको स्थायी ठेगाना पाल्पा हो । उनको परिवार भने काठमाडौँमा बसोबास गर्छन् ।

सम्बन्धित खवर