गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइ भएको भन्दै जिल्ला प्रशासन पुग्यो मेयरको टोली

गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइ भएको भन्दै जिल्ला प्रशासन पुग्यो मेयरको टोली

मोरङ, मोरङको पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकामा पर्ने गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइ भएको भन्दै मेयरको टोली जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको छ ।

बिहिबार पथरीशनिश्चरेका मेयर मोहन प्रसाद तुम्बापो, प्रवक्ता नविनजंग कार्की, सुनवर्षीका मेयर श्याम प्रसाद राजवंशी र रंगेलीका मेयर दिलिप बगडिया (अग्रवाल) सहितको टोली जिल्ला प्रशासन पुगेका हुन् । गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइभएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको प्रवक्ता काकीृले जानकारी दिनुभयो ।

यो सडकले पथरीशनिश्चरेको वडा नं. १० भुटानी सिविर हुदै रंगेली नगरपालिका छुन्छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिकमा उक्त सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले लिएको हो । सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले पटक पटक बाटो अवरुद्ध समेत गर्दै आएका छन् ।

समयमा काम सम्पन्न नगरेको कम्पनीले पछिल्लोपटक सडक अबरुद्ध हुदा तत्काल काम थाल्ने सहमती गरेको थियो तर अहिले फेरि निर्माणको काम रोकिएको छ । निर्माण कम्पनीले ५३ लाख ७७ हजारमा ठेक्का लिएको हो । ३ वर्षमा सक्ने भनेपनि २०८० कार्तिकमा म्याद थप गरेको छ ।

सम्बन्धित खवर