सद्भभावले गर्ये रक्तदान कार्यक्रम

सद्भभावले गर्ये रक्तदान कार्यक्रम

रविन्द्र बराल, रंगेली
मोरङको रंगेली ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ साकोसले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा रंगेली, सुनवर्षी, धनपालथान लगायतबाट युवाहरूले रक्तदान गरेका छन् । सो कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको साकोसका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिए । कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो ।

सम्बन्धित खवर