काँकरभिट्टा–लौकही सडक विस्तारका लागि रुख कटान सुरु

काँकरभिट्टा–लौकही सडक विस्तारका लागि रुख कटान सुरु

मोरङ, काँकरभिट्टा–लौकही सडक विस्तारका लागि रुख कटानको काम सुरु भएको छ । हिजो एक कार्यक्रमका बिच रुख कटान कार्यको सुरुवात गरिएको हो ।

झापाको काकडभिट्टा देखि सुनसरीको लौकहीसम्मको चार लेन सडक विस्तारका लागि सडकमा पर्ने रुख कटानको काम सुरु भएको हो । एसियाली मापदण्डमा निमार्ण गरिने सडकको झापामा पूर्व खण्डमा काकडभिट्टा–सितापुरी र पश्चिम खण्डमा सितापुरी–मावा खोला भनेर विभाजन गरेर काम भइरहेको छ । पूर्व खण्डमा पर्ने काकडभिट्टा देखि सितापुरीम्मका ४ हजार ७२३ वटा रुख काटिने झापाका डिभिजनल वन अधिकृत मेघराज राईले बताउनुभयो ।

यो सडक एसियाली विकास बैंक र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको ४६ अर्ब लागतमा निर्माण गरिने छ । झापा जिल्लामा याे सडक ५२ किलोमिट रहेकाे छ ।

सम्बन्धित खवर