आज देखी देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ

आज देखी देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ

आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।

विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियानमा सहभागी हुदैँछन ।

काठमाडौंका १० स्थानिय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न्युजकारखाना

सम्बन्धित खवर