पथरी उवासंघमा पून: दिपक बस्नेत विजयी

पथरी उवासंघमा पून: दिपक बस्नेत विजयी

मोरङ, पथरी उद्योग वाणिज्य संघमा पूनः दिपक बस्नेत बिजयी भएका छन् । हिजो सम्पन्न निर्वाचनबाट उवासंघको बागडोर समाल्न बस्नेत आइपुगेका हुन् ।

यसअघि पनि एक कार्यकाल अध्यक्ष भइसकेका बस्नेत यसपटक अध्यक्ष प्रत्यासी देवी राईलाई पछि पार्दै ८ दलीय गठबन्धनबाट पूनः अध्यक्ष निर्वाचित भएका हुन् । उनैको कार्यकालमा सुरु भएको उवासंघको ४ तले भवन अझै अलपत्र छ । सो भवन निर्माण सम्पन्न गर्ने भनेर आश्वासन बाँढ्दै अध्यक्ष जितेका बस्नेतलाई अब अधुरो काम पुरा गर्ने अवसर र चुनौती दुवै थपिएको छ ।

बस्नेतसंगै वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल, उपाध्यक्षमा रबिन्द्र कुमार राई, महासचिव अशोक कुमार राई, उद्योग सचिव प्रेम प्रसाद सुवेदी, वाणिज्य सचिव निलम बस्नेत, कोषाध्यक्ष तजेन्द्रप्रकाश राजभण्डारी, महिला सदस्य जुनी थपलिया र प्रेम कुमारी ढकाल, सदस्यहरू इन्द्र बहादुर राई, तीर्थराज अधिकारी, भरत भण्डारी र सन्तोष चौधरी निर्वाचित भएका छन् ।

लेखा समिति संयोकमा रोहित बास्तोला, सदस्यहरू निरज दुलाल र प्रकाश डाँगी निर्वाचित भएका छन् ।

सम्बन्धित खवर