‘एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान पु¥याएको छ’– नगर प्रमुख तुम्वापो

‘एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान पु¥याएको छ’– नगर प्रमुख तुम्वापो

पथरी, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयको ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सवमा प्रमुख अतिथि तुम्वापोले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–‘पथरीशनिश्चरेको सबैभन्दा जेठो निजी क्षेत्रबाट सञ्चालित विद्यालय एभरेष्टले यस क्षेत्रमा निरन्तर शैक्षिक उन्नयनमा आफ्नो अतुलनीय योगदान पु¥याउँदै आएको छ, जस्तो नाम जस्तै काम गर्दै शैक्षिक उचाईमा सफलता हासिल गरिरहेको छ, थप सफलताको शुभकामना ।’

विद्यालयका प्राचार्य एवं निर्देशक रविन कन्दङ्वाले विद्यालयको बारेमा उपस्थित अभिभावक र अतिथिहरु सामु विद्यालयको बारेमा प्रष्ट्याउनुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले ¥याम्स, गीत संगीत, नाटक र जाती भेषभुषा प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपनारायण भट्टराईको सभाध्यक्षमा भएको सो वार्षिकोत्सव कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं. १ का वडाध्यक्ष भीम राई, शिक्षा शाखा अधिकृत नविन खुलाल, साहित्यकार तथा शिक्षक शंकर चापागाई (धनकुटे कान्छा) लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर