प्राथना रिसाेर्टका मालिक बलत्कार आराेपमा पक्राउ

प्राथना रिसाेर्टका मालिक बलत्कार आराेपमा पक्राउ

उर्लाबारी, मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानका लागि उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरेको छ ।

घटनामा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ । किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।

गुरुङ विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।
किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगि कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ । उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन् ।

उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर किशोरीको उद्धार गरेको थियो । उद्धार गर्दै उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको छ । पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन ।

सम्बन्धित खवर