अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमा

अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमा
पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा २०८०/८१ का लागि अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमा अभियान सुरु भएको छ । ‘विपन्नलाई विमा, छैन कुनै सिमा’ भन्ने मूल नाराका साथ नन्दकुमारी थापाको परिवारबाट वडा नम्बर ४ मा सो अभियानको सुरुवात भएको हो ।
अभियानको क्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमा गराउने नगरको निर्णय अनुसार सो अभियान वडा नम्बर ४ बाट सुरु गरिएको जानकारी दिनु भयो । उहाँको अनुसार पहिलेदेखि नै थालनी गरिएको अभियानलाई यस वर्ष पनि निःशुल्क स्वास्थ्य वीमा सञ्चालन गरेको बताउनुभयो । अभियान अन्तर्गत वडा नं. ४ का अति विपन्न १ सय घर परिवारलाई निःशुल्क स्वास्थ्य वीमा गरिने वडाध्यक्ष लोककिरण न्यौपानेले जानकारी दिनुभयो ।
सो कार्यक्रममा स्वास्थ्य शाखा अधिकृत एकराज खत्री, वडा सदस्य उपेन्द्र कार्की, वडा सचिव भावना श्रेष्ठ र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर