लक्षित कार्यक्रम अन्तर्गत साबुन, फिनेल, हर्पिक उत्पादन तालिम समापन

लक्षित कार्यक्रम अन्तर्गत साबुन, फिनेल, हर्पिक उत्पादन तालिम समापन
पथरी, पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा आदिवासी जनजाति र अपाङ्ग लक्षित साबुन, फिनेल, हर्पिक उत्पादन तालिम सम्पन्न भएको छ ।
आज वडाको सभाहलमा भएको सो तालिमको प्राविधिक सहयोग सहयोगी नेपालले गरेको थियो । फागुन १ गतेदेखि सञ्चालित ३ दिवसीय तालिममा वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमले एक कदम अगाडि बढेर जिविकोपार्जन गर्न सफल हुनुहोस् भन्दै सहभागीहरुलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो –‘तालिमको लागि तालिम मात्र नगरौं, तपाईहरुले लिनुभएको तालिमले पाउनुभएको सीपले जिवनस्तरमा केही न केही प्रगति हुनुपर्छ, अनि मात्र तालिम लिएको सार्थकता हुन्छ ।’
यसैगरी कार्यक्रममा सहभागीको तर्फबाट कृष्णकुमार राई र विनिता लिङ्देनले आ–आफ्ना कुरा राख्नुभएको थियो । यस्तै सहयोगी नेपालका अध्यक्ष दयालाल राजवंशी, प्रशिक्षक गिता शाक्य, वडा सदस्य मन्जु राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रम वडा सचिव दीर्घ रायले सञ्चालन गर्नुभएको थियो । वडाध्यक्ष राईले सहभागीहरु तालिमबाट हासिल गरेको स्किललाई निरन्तर अगाडि बढाउन अनुरोध गर्दै सोको लागि वडाले सधैं सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमुख अतिथि तुम्वापोले प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।

सम्बन्धित खवर