चोरको बिगबिगी, सहकारीको झ्याल फोडेर ५ लाख बढि चोरी

चोरको बिगबिगी, सहकारीको झ्याल फोडेर ५ लाख बढि चोरी

मोरङ, मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केहि दिनदेखि लगातार चोरी भइरहेको छ । केहि दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो ।

गएराति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैया नगद चोरेको हो । चोरले सिसि क्यामेराको हार्ड डिक्स समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित खवर