देशमै उत्कृष्ट बन्यो उर्लाबारी खानेपानी

देशमै उत्कृष्ट बन्यो उर्लाबारी खानेपानी

मोरङ, उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देशभरमा उत्कृष्ट बनेको छ । मोरङको उर्लाबारीमा स्थापित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नगर विकास कोषको मूल्यांकनको आधारमा देशकै उत्कृष्ट भएको भन्दै कदर पत्रले सम्मान गरिएको छ ।

पाटन संग्रहालय, भण्डारखाल बगैचा ललितपुरमा भएको नगर विकास कोषको ३६ औं वार्षिकोत्सवको अवसरमा सहरी विकास मन्त्री सिता गुरुङले संस्थाका अध्यक्ष चिन्तामणि पौडेललाई कदर पत्रसहित सम्मान गर्नुभएको हो ।

साना शहरी खानेपानी आयोजना तेस्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एवं सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाहरू मध्ये उर्लाबारी खानेपानी उत्कृष्ट सावित भएको हो ।

सम्बन्धित खवर