लागुऔषध नियन्त्रणमा सक्रिय रंगेली प्रहरी, ६ महिनामा १३ जनालाई कार्वाही

लागुऔषध नियन्त्रणमा सक्रिय रंगेली प्रहरी, ६ महिनामा १३ जनालाई कार्वाही

मोरङ, लागुऔषध नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय रंगेली निकै सक्रिय रहेको पाइएको छ । गएको ६ महिनामा रंगेली प्रहरीले १३ जनालाई लागुऔषध मुद्धामा कार्वाही गरेको प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले जानकारी दिनुभयो ।

चौलागाईका अनुसार भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टि, सिक्टि, बरडंगा, मायाँगन्ज, नोचा लगायतका बोर्डरबाट ठुलो मात्रामा लागुऔषध ओसार पसार हुने गरेको छ । सोही क्रममा गएको ६ महिनामा लागुऔषध ओसार पसारमा संलग्न एक टेम्पो, चारवटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरी मुद्धा चलाइएको चौलागाईले बताउनुभयो । उनिहरूको साथबाट ७ केजी ५०० ग्राम गाँजा, लागुऔषध ट्याबलेट ७ हजार ५३१ पिस, ब्राउन सुगर १ हजार ८५० मिलिग्राम, प्रतिवन्धित सिरप २१ बोतल फेला परेको थियो । सोही अवधीमा ३ जना लागुऔषध प्रयोगकर्तालाई पनि सुधार केन्द्रमा पठाइएको छ ।

लागुऔषधको अवस्था भयावह हुदै गएपछि प्रहरीले विद्यालयमा जनचेतनामूलक कार्यक्रम समेत गरेको छ । यस अवधिमा १२१ पटक जनचेतनामूलक कार्यक्रम गरिसकेको चौगाईले बताउनुभयो ।

सम्बन्धित खवर