भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

भैरहवा,  भैरहवामा शुक्रबार र शनिबार राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै छ । महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० हुने भएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी बिकास समितीको अगुवाइमा दुई दिने सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब दुई सय जनाबढि  महिला उद्यमी तथा ब्यवसायीहरुको सहभागिता रहने छ । महासंघको पहिलो ऐतिहासिक कार्यक्रमको रुपमा रहको सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरुका स्टल समेत रहनेछ ।

यस्तै सम्मेलनमा महिला उद्यमीको विकास, विस्तार एवम प्रवर्द्धनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्‍याउने उदेश्यले आयोजना गर्न लागिएको सम्मेलनमा महिला उद्यमशिलता र नतिजा, बित्तिय पहुच, बजार पहुच, पर्यटनका सम्भावना र चुनौती , युवा महिला, स्टार्टअपका लागी गरिएका पहल साथै भएका व्यवस्था लगायतका ५ विषयमा बिज्ञहरुसँग छुटटा छुटटै छलफल गरिने नेपाल उद्योग वााणिज्य महासंघ महिला उद्यमी विकास समितिको सभापति कमला श्रेष्ठले जानकारी दिइन् । सम्मेलनको निष्कर्ष सम्बनिधत निकायमा प्रस्तुत गरिनेछ ।

‘घरयासी कामकाजमैं सीमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न सकेका छैनन’, श्रेष्ठले भनिन्, ‘उद्यमशिलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या छ ।’ त्यस्ता महिलालाइ सशक्तिकरण गराई शिक्षासहितको आत्मबल प्रदन गर्नु सम्मेनको मुख्य उद्देश्य भएको उनले बताइन् ।

उनका अनुसार, सम्मेलनमा सहभागी महिला उद्यमीबीच भेटघाट र परिचयको माध्यमबाट आपसमा नेटवर्क तयार पारिने छ र आफूले उत्पादन गर्ने बस्तुको वारेमा चिनारी गराइ ति बस्तुको बजारीकरण गराउने उपयायको खोजी गरिने छ । बित्तीय व्यवस्थामा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको यथार्थताका वारेमा व्यापक छलफल गरि समाधान खोजिनेछ ।

महासंघको आयोजनामा पहिलो पटक लुम्बिनी प्रदेशमा हुन गइरहेको सम्मलेन सात वटै प्रदेशमा क्रमश हसने छ, पहिलो प्रयास हो अनुभव नभएकोले पहिलो पटक वास्तविक व्यवसायी, उद्यम र व्यवसाय गर्न चाहने देशभरका महिला दिदी बहिनी लाई सहभागी गराईने सभापति श्रेष्ठले जानकारी दिइन् ।

राष्ट्रिय महिला उद्यमी सम्मेलनको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने छन । सम्मेलनमा नेपाल सरकारका संघिय, प्रादेशिक एवम स्थानिय प्रतिनिधीहरु, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय, प्रदेशस्तरीय, एवम स्थानिय प्रतिनिधीहरु ,सरोकारवाला निकायका प्रतिनिधीहरु एवम सम्बन्धित बिज्ञहरुको सहभागिता रहने नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए । दस्ताबवेजको रुपमा लिइने यो सम्मेलनले उद्यमशिलतामा महिलालाई प्रोत्साहित गरी औपचारिक अर्थतन्त्रमा न्यून हिस्सा रहेको महिला उद्यमीको संख्यामा सुधार हुने उनले भने ।

महिलाहरुको अर्थतन्त्रमा योगदान अनौपचारिक माध्यमबाट बढी रहदा रहदै पनि ग्रामिण वा औपचारिक अर्थतन्त्रमा बिद्यमान रहेको न्युन प्रतिशतको हिस्सालाई महिला उद्यमीको रुपमा प्रोत्साहन गर्न सम्मेलनले महत्वपुर्ण योगदान गर्ने छ । आर्थिक रुपमा सशक्त नभए सम्म महिला उद्यमी सफल हुने नसक्ने हुनाले सम्मेलनले महिलाहरुलाई ब्यवसायिक रुपमा सशक्तिकरण बनाउने भएकोले उद्योग ब्यवसाय गर्ने महिलाहरुको लागी यो सकरात्मक पक्ष हो । न्युजकारखाना

सम्बन्धित खवर