पथरीमै पेट्रोल पम्प, जनतालाई सास्ती कम

पथरीमै पेट्रोल पम्प, जनतालाई सास्ती कम

पथरी, पथरीमै पेट्रोल पम्प बन्ने भएपछि जनतालाई सास्ती कम हुने भएकाे छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको काकाकुल हो पथरी बजार । मोरङको पूर्व उत्तरमा रहेको पथरीशनिश्चरेमा प्रसस्त व्यावसायिक सम्भावना भएपनि हालसम्म पेट्रोस पम्प सञ्चालन नगर्दा यहाँका उपभोक्ताले पाउनुसम्मको सास्ती पाए ।

पथरी बजारबाट ८ किलोमिटर पूर्व उर्लाबारी कि त पश्चिम भाउन्ने पुगेर पेट्रोल तथा डिजेल भरेर आउनुपर्ने बाध्यतामा नगरबासी छन् । तेल भर्न जाँदा नै झण्डै १ लिटर तेल सकिने अवस्था छ ।

पटक पटक पथरी बजार आसपासमा पम्प राख्ने भनेर हल्ला गरेपनि त्यसले सार्थकता पाएको थिए । पछिल्लो समय बजार देखि २.५ किलोमिटर दक्षिण महेन्द्र चौकमा पम्पको सिलान्यास भएपछि फेरी पथरीबासीमा उत्साह भरिएको छ ।

स्थानीयहरू नर बहादुर गुरुङ, श्याम चौहान र डिल्ली भट्टराईले पम्प सञ्चालन गर्नका लागि सिलान्यास गरेपछि पथरीबासी उत्साहित भएका हुन् । ६ महिना भित्रमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी तयारी थालिएको सञ्चालकले जानकारी दिएका छन् ।

सम्बन्धित खवर