पञ्चायत माविले मनायाे ४५ ओैँ वार्षिकोत्सब

पञ्चायत माविले मनायाे ४५ ओैँ वार्षिकोत्सब

पथरी, माेरङ पथरीशनिश्चरेमा रहेकाे पञ्चायत माध्यमिक विद्यालयले आफ्नो ४५ ओैँ वार्षिकोत्सब मनाएकाे छ । शुक्रबार भव्य कार्यक्रमका बिच शिक्षक कर्मचारीलाई सम्मान, बिपन्न विद्यार्थीहरुलाई पोसाक र न्यानो कपडा वितरण गर्दै सांस्कृतिक कार्यक्रमको साथ वार्षिकोत्सब मनाएको हाे ।

पञ्चायत मावि प्रदेश सरकारले नमुना घोषणा गरेको विद्यालय हो । कार्यक्रममा विद्यालयमा लामो समयदेखि शिक्षण गर्दै आएका जानुका भट्टराई, सिर्जना राई, गणेश विष्ट, शम्भुराज थापा र कर्मचारी हेमकुमार गुरुङलाई सम्मान पत्रले सम्मान गरियाे । साे अवसरमा अक्षयकोषदाताहरुलाई समेत सम्मान गरियाे ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बिपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यायो कपडा वितरण गरिएकाे हाे । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो, अक्षयकोष दाताको तर्फबाट कृष्णकुमारी विक, सम्मानित शिक्षकहरुको तर्फबाट गणेश विष्ट लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले, वडा अध्यक्षहरू लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रअहरू लगायतको उपस्थिति रहेको थियो ।

भिडियाे

https://fb.watch/q61rkAuDtQ/?mibextid=Nif5oz

विद्यालयका शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरिएको कार्यक्रममा १५ भन्दा बढी कालाकार विद्यार्थी समूहको नृत्य, गीत तथा साहित्यिक समाग्री प्रस्तुत भएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रम प्रधानाध्यापक अर्जुन बुढाथोकीले सञ्चालन गर्नुभएकाे हाे ।

साे अवसरमा प्रमुख अतिथिको हातबाट विद्यालयको वेवसाइट पाञ्चायतमावि डटकमको सार्वजनिक भएको छ । विद्यालयमा हाल ३ हजार १९७ विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित खवर