आदर्श माविका छात्राहरूलाई विद्यालयमै चेन्जिङ रुम

आदर्श माविका छात्राहरूलाई विद्यालयमै चेन्जिङ रुम

 

रंगेली, मोरङको रंगेली ७ मा रहेको आदर्श माध्यमिक विद्यालयले छात्राहरूलाई विद्यालयमा नै चेन्जिङ रुमको व्यवस्थापन गरेको छ ।

महिनावारी भएको समयमा समस्या खेप्दै आएका छात्राहरूलाई चेन्जिङ रुम तयार भएसंगै सहज हुने भएको छ । यसअघि महिनावारीको समयमा स्यानीटरी प्याड परिवर्तनका लागि छात्राहरूले सास्ती व्यहोर्दै आएको छात्रा राजमणि शाहले बताइन् । आफैपनि कतिपय अवस्थामा विदा लिएर घरमा बसेको सुनाउदै शाहले अब छात्राहरूको पढाइमा समेत असर नपर्ने भन्दै खुसी व्यक्त गरिन् ।

चेन्जिङ रुमको तयारी भएसंगै पढाइको समयमा महिनावारी भएमा प्याड परिवर्तन गर्न, असक्त भएमा आराम गर्न सकिने विद्यालयका प्रधानाध्यापक विशेश्वर सिंह मेवाहाङले बताउनुभयो । उहाँका अनुसार चेन्जिङ रुममा स्यानेटरी प्याड, बुक कर्नर, छात्राहरूका लागि अन्य आवश्यक कुरा समेत राखिने छ । यससंगै छात्राहरूका लागि नुहाउने सावर सहितको बाथरुम समेत निर्माण गर्ने तयारी विद्यालय रहेको छ ।

आज एक औपचारिक कार्यक्रमका बिच रंगेली नगरपालिका उप प्रमुख भूमा पराजुलीले सो चेन्जिङ रुमको उद्घाटन गर्नुभएको हो । पालिकामा भएका अन्य विद्यालयमा समेत चेन्जिङ रुमको व्यवस्थापन गर्न नगरपालिका लागि परेको पराजुलीले बताउनुभयो ।

सम्बन्धित खवर