आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री

माेरङ, आफैले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की ।

कार्कीले सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार्कीले सयौँ विद्यार्थीका अगाडी उभिएर आफु लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र संगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्याङ्ग्य गरेका छन् । कार्की अझै थप्छन् फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् तर कक्षा कोठामा सबै अब्बल हुन्छन् म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छु ।

उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्य मन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै आम मानिस कार्की बिरुद्ध खनिका छन् ।

कस्तो अवस्थामा के बोल्ने र कसरी प्रस्तुत हुने भन्ने नजान्दा कार्कीलाई आफ्नै बोली गलपासो लागेको छ । उनले बालबालिकालाई गलत सन्देश दिनुका साथै सरकारी कर्मचारीहरू सबै भष्ट्र छन् भन्ने गलत भाष्य स्थापित गर्न खोजेका छन् ।

सम्बन्धित खवर