नेपालका खेलकुदमन्त्री लिम्बू र भारतका खेलकुदमन्त्री अनुराग ठाकुरबीच भेटवार्ता

नेपालका खेलकुदमन्त्री लिम्बू र भारतका खेलकुदमन्त्री अनुराग ठाकुरबीच भेटवार्ता

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले भारतका सूचना तथा प्रसारण एवं युवा तथा खेलकुदमन्त्री अनुराग ठाकुरसँग भेटवार्ता गरेका छन्।

दिल्लीस्थित ठाकुरको कार्यालयमा भएको भेटमा बिमस्टेक अक्वाटिक च्याम्पियनसिप (प्रतियोगिता) २०२४ बारे छलफल भएको खेलकुदमन्त्री लिम्बूका स्वकिय सचिव साजन कुँवरले जानकारी दिए ।

सो प्रतियोगिता बुधबारदेखि शुक्रबारसम्म भारतको नयाँदिल्लीमा जारी भएतापनि सो प्रतियोगिताको शुभारम्भ भएको घोषणा भने मंगलबारै भएको छ। भारतीय खेलकुदमन्त्री ठाकुरले प्रतियोगिता सुरुवात भएको घोषणा गरेका हुन्।

‘हामीले दुई देशका खेलकुद, युवा शक्तिहरूबीच साझेदारीहरूका अवसर खोजी गर्ने, क्षेत्रीय एकता र सहकार्य सुदृढ र प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका छौँ,’ भारतीय खेलकुदमन्त्री ठाकुरले ट्विटरमा भनेका छन् ।

भारतले बिमस्टेकअन्तर्गतका पहिलो अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न लागेकाे उनले जानकारी दिएका छन्।

यता खेलकुदमन्त्री लिम्बूले आफ्नो मन्तव्य राख्ने क्रममा प्रतियोगिताले युवाहरुको उपस्थिती बढाएको बताउदै उनले यसबाट उनीहरुलाई सकारात्मक बाटोमा लान सकिने धारणा व्यक्त गरे । यस्तै उनले सो प्रतियोगिता भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना भएको बताउदै उनले प्रतियोगिताको माध्यमबाट क्षेत्रीय देशहरुलाई जोड्ने काम गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले खेलको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध बलियो बनाउनेमा नेपाल विश्वस्त रहेको बताए ।

सम्बन्धित खवर