वडा नं. ४ को ‘बा आमाको भत्ता बा आमाकै हातमा’

वडा नं. ४ को ‘बा आमाको भत्ता बा आमाकै हातमा’
पथरी, माेरङ पथरी शनिश्चरे वडा नं. ४ नियमित अभियान ‘बा आमाको भत्ता बा आमाकै हातमा’ निरन्तर सञ्चालन भइरहेको छ ।
सोही कार्यक्रम अन्र्तगत यस पटकको त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वडाका ४६ जना बैंक पुग्न नसक्ने लाभग्राहीहरुलाई प्रदान गरिएको छ । वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक, कल्पना श्रेष्ठ, भक्तबहादुर रावत साथमा एक्सल बैंकका मेनेजर युबराज भट्टराई सहित घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।

सम्बन्धित खवर