रंगेली छोटी भन्सारकाे चिरिचिट्ट भवन छ तर २०६८ सालदेखि नै कर्मचारी छैनन्

रंगेली छोटी भन्सारकाे चिरिचिट्ट भवन छ तर २०६८ सालदेखि नै कर्मचारी छैनन्

रंगेली,  मोरङको रंगेली छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारी बिहिन छ । भन्सारमा कर्मचारी नभएपछि दैनिक संकलन हुने २० औँ हजार राजश्व गुमिरहेको छ ।

कर्मचारीका लागि भवन अभाव भएको र पुरानो भवन पनि जिर्ण बनेपछि ४ वर्षअघि आवाससहितको नयाँ भवन निर्माण गरिएको छ । भन्सार कार्यालयको ४ कट्ठा जग्गामा व्यवस्थित संरचनाहरू छन् तर कर्मचारी छैनन् ।

सीमावर्ती क्षेत्रमा रहेको सबैभन्दा जेठो भन्सार कार्यालय हो रंगेली तर कर्मचारी अभावमा राजश्व गुमिरहेको स्थानीय जयनाथ चौधरीले बताए । रंगेली र यसका आसपासका सयौँ मानिसले यहि बाटोबाट समान ओसार पसार गर्छन् । दैनिक २० हजार सम्म राजश्व संकलन हुने भन्सार १२ वर्षदेखि कर्मचारी बिहिन छ चौधरीले भने ।

कर्मचारी पठाउदा पनि राजश्व अनुमान अनुसार नउठे पछि कर्मचारी फिर्ता गरिएको बिराटनगर भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए ।  स्थानीयले कर्मचारी माग गरेको खण्डमा तत्काल कर्मचारी पठाउन तयार रहेको ढकालले बताए ।  स्थानीय तहले पनि हालसम्म सो कार्यालयमा कर्मचारी माग गर्नका लागि कुनै पहल नगर्दा राजश्व गुमिरहेको हो ।

सम्बन्धित खवर