पाचौँ राष्ट्रपति रनिङ सिल्ड बुद्ध माविलाई

पाचौँ राष्ट्रपति रनिङ सिल्ड बुद्ध माविलाई

पथरी, पाचौँ राष्ट्रपति रनिङ सिल्ड पथरीशनिश्चरे ८ मा रहेको बुद्ध माविले जितेको छ । मोरङको पथरीशनिश्चरेमा जारी प्रतियोगितामा ९ स्वर्ण र ३ रजत पदक प्राप्त गर्दै बुद्ध मावि प्रथम भएको हो ।

सो प्रतियोगितामा वडा नं. ९ मा रहेको सिंह बाहिनी माविले ४ स्वर्ण र ५ रजत सहित दोस्रो र आयोजक स्कुल समेत रहेको पञ्चायत माविले ४ स्वर्ण र ३ रजत सहित तेस्रो स्थान ओगटेको छ ।


गत विहिबार देखि सञ्चालनमा रहेको रनिङ सिल्ड प्रतियोगिताको आज समापन गरिएको हो । समापन सत्रमा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, शिक्षा शाखाका नविन खुलाल, प्रहरी नायव उपरिक्षक गणेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

यस प्रतियोगितामा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा सहभागिता जनाएका थिए ।

सम्बन्धित खवर