पञ्चायत माविमा राष्ट्रपति रनिङ सिल्ड सुरु

पञ्चायत माविमा राष्ट्रपति रनिङ सिल्ड सुरु

पथरी, राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित पञ्चायत माविमा नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्बापोले गर्नुभयो ।

विहिबारबाट सुरु भएको प्रतियोगिता शनिबार समापन हुने छ । वडा नं. १ का अध्यक्ष तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद व्यवस्थापन तथा निर्देशन समिति सदस्य भीमकुमार राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवम् राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य शालिग्राम काफ्ले, शाखा अधिकृत नवीन खुलाल, पञ्चायत माविका विद्यालय व्यवस्थापन समिति महासंघ एवंम् आयोजक विद्यालयका विव्यस अध्यक्ष युवराज बाँस्कोटा, प्राचार्य अर्जुन कुमार बुढाथोकी, प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, गणेश खड्का, प्याब्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल– एनप्याब्सन, पथरीशनिश्चरे नगर समिति अध्यक्ष थिरप्रसाद आचार्य, विभिन्न विद्यालयहरुका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।

यस प्रतियोगितामा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा सहभागिता जनाउने छन् ।

उद्घाटन सत्रमा राष्ट्रिय झण्डा बोकेर विभिन्न विद्यालयहरुका विद्याथीहरूले मार्च पास गरेका थिए भने पञ्चायत माविका सिभिल इन्जिनियरिङ विधाका छात्र छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन रनिङ, भलिबल, कराँते, छेलो, सटपुट, कबड्डी, लगायतका विभिन्न खेलहरू सञ्चालन भएका छन् ।

सम्बन्धित खवर