पाथीभरा ट्रेड लिंकले उर्लाबारी क्रिकेट क्लवलाई जर्सी दियाे

पाथीभरा ट्रेड लिंकले उर्लाबारी क्रिकेट क्लवलाई जर्सी दियाे

उर्लाबारी/उर्लाबारी -३ मंगलबारेस्थित पाथीभरा ट्रेड लिंकले उर्लाबारी क्रिकेट क्लवलाई जर्सी सहयोग गरेको छ । बुधबार ट्रेड लिंकका प्रोपाईटर जिवन श्रेष्ठले १९ थान जर्सी  टिमका क्याप्टेन शुुसिल अग्रवाललाई हस्तान्तरण गरेका छन् ।

मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी वि डिभिजन क्रिकेट प्रतियोगितामा उर्लाबारीले सहभागीता जनाउने भएसँगै आज क्लवलाई जर्सी हस्तान्तरण गरिएको टिम क्याप्टेन अग्रवालले जानकारी दिए ।

उनका अनुसार उर्लाबारीले आगामी शनिबार विराटनगरको होराईजन क्रिकेट क्लवसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरस्थित बैजनाथपुर खेल मैदानमा आयोजित सो प्रतियोगिता आजदेखी सुरु भएको हो ।

सम्बन्धित खवर