नगर खेलकुद महोत्सव सकियो, फुटबलको उपाधी सिरिजंगालाई

नगर खेलकुद महोत्सव सकियो, फुटबलको उपाधी सिरिजंगालाई

भिमराज अधिकारी, पथरी

पथरी, पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सोमबार सम्पन्न भएको छ । जस अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा फुटबल क्लवले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा नाजारिन युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधीसंगै सिरिजंगाले १ लाख नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ ।

पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको फाईनल खेलमा नाजरिन टिम विरूद्ध पहिलो हापको २ मिनेटमै सिरीजंगा फुटबल क्लबका जर्सी नं ७ का संयोग थापाले हेडमार्फत गोल गरे । सोही गोल नै सिरिजंगालाई जितको लागि पर्याप्त भयो । सुरुवातबाट नै दवावमा रहेको नाजिरियनले जवाफी गोल फर्काउन नसक्दा उपबिजेतामा चित्त बुझायो ।

नगर प्रमुखकाे सम्बाेधन

https://fb.watch/pUyY1rYMzw/

गोल कर्ता थापा म्याच अफ दि म्याच घोषित भए। उनी सहित विजयी सबै विधाका उत्कृष्ट खेलाडीहरूलाई नगरप्रमुख मोहनप्रसाद तुम्वापो, उप प्रमुख देवी माया काफ्ले, नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य लगायतले नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हस्तान्तर गरे ।

यसैगरी, वडा नं २ ले भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ भने वडा नं. ९ ले उपबिजेतामा चित्त बुझायो । क्रिकेटको उपाधी वडा नं. १ ले हात पार्यो, वडा नं. ५ ले उपविजेतामा चित्त बुझायो । विभिन्न ७ वटा विधामा भएको खेलकुद महोत्सवका विजेता र उपविजेतालाई समापन समारोहमा पुस्कार वितरण गरियो ।

खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माघ ६ गतेदेखि सञ्चालन भएको महोत्सवको सोमबार समापन गरिएको हो ।

सम्बन्धित खवर