पथरी, पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको महिला फुटबल खेलमा पथरी वुमन फुटबल टिम विजयी भएको छ ।
पथरी वुमनले प्रस्तावित पथरी रंगशालामा भएको फाइनल खेलमा राइजिङ स्टार वुमन एफ.सी. लाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।
पथरी वुमनले खेलको २ मिनेटमा प्रमिला लिम्बुले गोलको खाता खोलिन् । लगत्तै खेलको ८ मिनेटमै पेनाल्टी मार्फत् मिक्की लिम्बुले गोल गरिन् ।
खेलको उमन फद दि म्याच विजेयी टिमका धनकुमारी लिम्बु घोषित भइन् । उनलाई नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले संयुक्त रूपमा नगद तथा ट्रफी प्रदान गर्नुभयो ।
नगर खेलकुद महोत्सवमा महिला टिम २ वटा मात्र भएकोले एउटै मात्र खेलको आयोजना गरिएको आयोजकका संयोजक दीपक राईले जानकारी दिनुभयो ।
भोलिको फुटबल खेल नाजरिन एफसी र सिरीजंगा फुटबल क्लब बिच फाईनल खेल हुनेछ । यसैगरी सम्पूर्ण खेलका विजेताहरूलाई भोलि समापनकै दिन पुरस्कार वितरण गरिने सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो ।