पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको १४ औँ नगरसभा भोली शुक्रबार बस्ने भएको छ । नगरसभाको दिन सबै जनप्रतिनिधि र कर्मचारीहरु सहभागी हुने भएपछि नगर र वडाबाट प्रवाह हुने सबै सेवा प्रभावित हुने भएका छन् ।
नगरपालिकाले सूचना जारी गर्दै वडा तथा नगरका सबै सेवा अबरुद्ध हुने भएको जनाएको छ । नगर र वडा कार्यालयहरु विदा हुने भएको जनाएको छ ।