उर्लाबारीको अरनिको हस्पिटलमा आइसियु सेवा सुरु

उर्लाबारीको अरनिको हस्पिटलमा आइसियु सेवा सुरु

उर्लाबारी, मोरङको विराटनगर बाहिर पहिलो पटक उर्लाबारीमा रहेको अरनिको हस्पिटलले आइसियु सहितको सेवा सञ्चालनमा आएको छ ।

भेन्टिलेटर सहितको ६ बेडको आइसियु सेवा सुरु भएको बरिष्ठ विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले बताउनुभयो । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आइसियु सञ्चालन ल्याएको हो ।

एकपछि अर्को सुविधा विस्तार गर्ने क्रममा आइसियु सेवा विस्तार गरिएको अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमूले बताउनुभयो । दश वर्षअघि स्थापना भएको अरनिको हस्पिटलमा दैनिक १५० भन्दा बढी विरामी स्वास्थ्य जाँचका लागि आउने गरेका छन् ।

यो हस्पिटलले हाडजोर्नी तथा नशा रोग, फिजिसियन, बाल रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटीका रोग लगायतका विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएको डाक्टर उज्जल कार्कीले जानकारी दिनुभयो ।

हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तरगत भूकम्प, कोरोनालगायत महामारीमा स्वास्थ्य शिविरको साथै आर्थिक सहयोग, विभिन्न संघसंस्थाको साझेदारीमा स्वास्थ्य शिविर, उर्लाबारी नगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल चितवनको सहकार्यमा क्यान्सर सम्बन्धी निःशुल्क बृहत स्वास्थ्य शिविर लगायत गर्दै आएको छ ।

अति निम्न वर्गको निःशुल्क उपचार, जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट, गरिब तथा विपन्न विरामीहरुको स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट गर्दै आएको छ ।

अरनिको हस्पिटलमा आइसियु सेवा सञ्चालन भएपछि उर्लाबारी, रतुवामाई, मिक्लाजुङ, पथरीशनिश्चरे लगायत क्षेत्रका सेवाग्राही लाभान्वित बन्ने डा. उज्जल कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर