उर्लाबारी, मोरङको उर्लाबारीमा एक युवाको मृत्यु भएको छ ।
उर्लाबारी–६ मावा खोलाको पुलमुनी बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राई आज विहान मृत फेला परेका हुन् ।
उनी लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामाग्री संकलन गरी बेचेर जीविकोपार्जन गर्दै आएका थिए । इलामको चुलाचुली घर बताउने राईको आफन्तहरु अहिलेसम्म सम्पर्क आएका छैनन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारी टोलीले शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एण्८ ट्रमा सेन्टरमा लगेको छ । पोष्टमार्टमपछि मात्र के कारण मृत्यु भयो भन्ने बारेमा खुल्ने प्रहरीले जनाएको छ ।