ठुलो परिमाणको प्रतिबन्धित औषधी, ब्राउनसुगर, र गाँजा सहित ५ जना पक्राउ

ठुलो परिमाणको प्रतिबन्धित औषधी, ब्राउनसुगर, र गाँजा सहित ५ जना पक्राउ
बिराटनगर, झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार ठुलो परिमाणको प्रतिबन्धित औषधी तथा लागुऔषध ब्राउनसुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ९ बाट शिबसताक्षी- १० का ३० बर्षीय आशिष भण्डारीलाई प्रतिबन्धित औषधी Tramadol- ७५ हजार ८ सय ३० क्याप्सुल, Dicyclomine- २३ हजार ९ सय ७० क्याप्सुल र Vibel- ५ सय ९० क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो ।
मे. १ ह ४९५५ नम्बरको अटोमा सवार रहेका भण्डारीले अटोको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको प्रतिबन्धित औषधी बरामद भएको थियो । ठुलो परिमाणमा औषधी बरामद भएसंगै अटो सहित भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर- ५ बाट स्थानीय २२ बर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर- १५ बाट ब्राउनसुगर ११ मिलिग्राम र नाईट्रोजन औषधी १० चक्की सहित स्थानीय ४६ बर्षीय अरुण शाही र ४६ बर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
यसैगरी धरान उप-महानरपालिका- ४ का २० बर्षीय सुलभ राईले लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने सुचना पाएसगै अस्थाई प्रहरी पोष्ट पत्राङबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १ किलो ग्राम गाँजा फेला पारी राई सहित बेचबिखनमा संलग्न २६ बर्षीय अनिस राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर