नगरका प्रत्येक घरमा पानी पु¥याउने लक्ष्यमा छौँ ः अध्यक्ष विष्ट

नगरका प्रत्येक घरमा पानी पु¥याउने लक्ष्यमा छौँ ः अध्यक्ष विष्ट

पथरी, एउटा नेतृत्वले सकारात्मक रुपमा काम गर्ने हो भने कति फरक पार्दछ भन्ने उदाहरण अहिले पथरी खानेपानीमा देखिने गरेको छ । मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी खानेपानीले यतिबेला मुहार फेरेको छ । खण्डहर जस्तै देखिने कानेपानीमा चिटिक्क परेको रंगरोगन गरेर आकर्षक बनाइएको छ ।

वर्षौँसम्म पानीको समस्या झेलिरहेका बेला अहिले निरन्तर सफा पानीको उपभोग पथरीबासीले गरिरहेका छन् । यो खानेपानी उपभोक्ता समुहको अध्यक्षमा जयराम विष्ट निर्वाचित भएर आएपछि दैनिक रुपमा खानेपानीको सुधारका लागि लागिरहेका छन् । पथरी बजारमा मात्रै नभएर नगरभरी नै स्वच्छ पिउने पानी पु¥याउने लक्ष्यमा लागेको विष्ट बताउछन् ।

दैनिक रुपमा अध्यक्ष विष्ट आफै ८ घण्टासम्म खट्ने गरेका छन् । दिनरात खटिरहेका विष्टले समितिबाट कुनै सुविधा समेत लिएका छैनन् । समितिले काम गरेको दिन र बैठकको भक्ता दिने निर्णय गरेको भएता पनि २०७९ जेठ २९ (निर्वाचित भएको दिन) देखि नै विष्टले कुनैपनि सुविधा नलिएका हुन् ।

 

 

समितिले हाल पथरीशनिश्चरे वडा नं. १, २, ३ र ७ का प्रत्येक घरमा पानी पु¥याउने उद्देश्य सहित काम गरिरहेको विष्टको भनाइ छ । पछि नगरका अन्य वडाहरूमा पनि खानेपानी विस्तार गर्दै लगिने विष्टले बताए ।

पथरी खानेपानी २०५२ सालमा नेपाल सरकारको खानेपानी मन्त्रालयबाट १ करोड ४० लाखमा निर्माण सम्पन्न गरी समुदायमा हस्तान्तरण भएको हो । हाल भूमिगत र मुल स्रोतको पानी गरेर दैनिक १८ लाख लिटर पानी पिउन योग्य बनाएर ग्राहकको घरघरमा पुग्ने गरेको छ । पथरी खानेपानीमा हालसम्म २ हजार ७४४ घरधुरी ग्रहकको रुपमा जोडिएका छन् ।

खानेपानी विस्तार योजना अनुरुप हाल देविगञ्ज, कसेनी, कालापानी, जयचौक, नेवारटोल, सगरमाथा टोल, किरातचौक लगायतका क्षेत्रमा पाइप विछ्याउने काम भएको छ । यसका लागि वडा कार्यालयले ड्रेन खनिदिएपछि उपभोक्त समितिले ३८ लाख बराबरको पाइप विस्तार गरेको विष्टले बताउनुभयो । उक्त स्थानहरूमा माग भएअनुसार धारा जडानका काम पनि भइरहेका छन् ।

संस्थाले मासिक रुपमा उपभोक्ताबाट महसुल वापत १० लाख रुपैँया आम्दानी गरिरहेको छ । उपभोक्तलाई सहज बनाउनका लागि एप्लीकेसन सञ्चालनमा छ । त्यहीँबाट ग्राहकले सबै सुचना पाउने र महसुल भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । पानीको सतह र क्वालिटी मापनका लागि सफ्टवेयर जडान गरिएको व्यवस्थापन राजेन्द्र तिम्सिनाले जानकारी दिए ।

यहि आर्थिक वर्षमा संघीय खानेपानी मन्त्रालयबाट ७९ करोड ५७ लाख ९३ हजार बजेटमा २ वटा ओभरहेड ट्याङ्की निर्माण र २८५ किलोमिटर पाइप विस्तारका लागि डिपिआर तयार भएको छ ।

हाल रहेको ट्याङ्कीमा २ लाख २५ हजार लिटर पानी अट्ने छ भने अब निर्माण हुने ट्याङ्की ४ लाख ५० हजारका दरले २ वटामा ९ लाख लिटर क्षमताका हुनेछन् ।

समितिले अहिले सामुदायिक विद्यालयहरूमा ६० प्रतिशत महसुल छुट, आर्थिक विपन्न भएका घरलाई वार्षिक १० वटा धारा निःशुल्क जडान गरी ३ वर्षसम्म महसुल समेत छुट गर्ने गरेको छ । यो सेवा हालसम्म २० घरधुरीले उपभोग गरिरहेका छन् ।

सम्बन्धित खवर