मलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु

मलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु

जोहोर, मलेसिया

मलेसियाको जोहोरबारु शहरमा एक नेपालीको सुतेकै अवस्था निधन भएको छ । जोहोर स्थित मेइबर टेक्नोलोजीमा कार्यरत वागमती नगरपालिका ७ सर्लाहीका गोपाल बहादुर श्रेष्ठको पौष १९ गते राति निधन भएको उनिसंगै कम्पनीमा कार्यरत अनिल अधिकारीले जानकारी दिए ।

३५ वर्षीय श्रेष्ठ विगत १० वर्षदेखि सो कम्पनीमा कार्यरत थिए । हाल कम्पनीमा टेक्निसियनको रुपमा कार्यरत श्रेष्ठ केहि महिना अघि छुट्टीमा घर आएर पून: काममा फर्किएका थिए ।

छातीमा समस्या रहेकाले पहिले पनि बेलाबखत उनको सुतेकै बेला स्वास फेर्न गाह्रो हुने गरेको श्रेष्ठले बताउने गरेका थिए । छुट्टीमा घर गएका बेला पनि स्वास्थ्य जाँच गरेर फर्किन साथिहरुले सुझाव दिएका थिए तर श्रेष्ठले आफ्नो स्वास्थ्यको ख्याल गरेनन् । यसअघि समस्या हुदा साथिहरुले छातिमा थिचेर पम्प गरेर बचाएका थिए तर १९ गते राति सबै साथिहरु डिउटीमा गएका बेला श्रेष्ठ एक्लै कोठामा सुतेका थिए अधिकारीले भने उनि सुतेकै ठाउँमा हर्टअट्याकका कारण छट्पटिएर निधन भएछ । कम्पनीले सबै कागजात मिलाउदै छ सोमबार शव परिवारलाई पठाउन हामी जाने तयारीमा छौँ ।

श्रेष्ठको श्रीमती र दुई नावलक छोरा रहेका छन् ।

सम्बन्धित खवर