पथरीशनिश्चरे वडा नं. १ द्वारा गलैचा वितरण

पथरीशनिश्चरे वडा नं. १ द्वारा गलैचा वितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत गलैचा वितरण गरिएको छ ।

आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो ।
वडा अध्यक्ष भीम राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा सचिव मित्रकला चौलागाईले गर्नुभएको थियो ।

यसैगरी कार्यक्रमको प्रमुख अतिथि उपमेयर देविमाया काफ्ले, महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, मखमली अपाङ्गता मिलीजुली समूहका अध्यक्ष शिव बहादुर लिम्बु, वडा सदस्य आरती विश्वकर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खवर