सिंगटीको आजसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने

सिंगटीको आजसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने

सिंगटी हाइड्रो इनर्जीको बिहीबारसम्म कायम सेयरधनीले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको र यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । सिंगटीले आइतबार पुस २२ गते बुक क्लोज गर्दै छ । आजसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खवर