मन्दाकिनी हाइड्रोपावरको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे ।

यस कम्पनीले शुक्रबार पुस २० गते बुक क्लोज गर्दैछ। तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सम्बन्धित खवर