भारतको असाममा बस दुर्घटना हुदाँ १२ को मृत्यु

भारतको असाममा बस दुर्घटना हुदाँ १२ को मृत्यु

असाम, आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक आज बिहान बस र ट्रक एक आपसमा ठाेकिएर दुर्घटना भएकाे छ ।

सो सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

गोलाघाटका एसपी राजेन सिंहले यो दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा बिहान ५ बजे भएको बताए । सिंहका अनुसार अहिले घाइतेहरूको उपचार भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो बसमा ४५ जना सवार थिए । जोरहट मेडिकल कलेज र अस्पतालका एक वरिष्ठ डाक्टरले पत्रकारहरूलाई दिएको जानकारी अनुसार सो दुर्घटनामा घाइते भएका मध्ये ३० जनाको उपचार भइरहेको छ।

गोलाघाटको कामरगाउँबाट तिनसुकिया जिल्लाको तिलिंगा मन्दिरतर्फ पिकनिकका लागि जाँदै गरेको बस बिहान साढे ४ बजे ट्रकसँग ठोक्किएर दुर्घटना हुन पुगेको जनाइएको छ । जोरहाट दिशाबाट ट्रक गलत दिशामा आउँदै गरेको प्रहरीले जनाएको छ ।

बस सही बाटोमा थियो तर दुवै सवारी साधन तीव्र गतिमा थिए ।

सम्बन्धित खवर